सभामुख-उपसभामुख चुनावबारे कांग्रेसले अन्य दलसँग छलफल गर्ने – Nepal Press

सभामुख-उपसभामुख चुनावबारे कांग्रेसले अन्य दलसँग छलफल गर्ने

काठमाडौं । नेपाली कांग्रेसले सभामुख र उपसभामुखको निर्वाचनको लागि अन्य दलसँग छलफल गर्ने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले सभामुख र उपसभामुख चुनावबारे सत्ताभित्र र बाहिरका दलसँग छलफल गर्ने निर्णय गरेको सहमहामन्त्री बन्द्री पाण्डेले बताए ।

स्ववियु निर्वाचन पनि आएकाले नेविसंघ र तरुण दललगायत भ्रातृ संस्थालाई पूर्णता दिनेबारे पनि छलफल भएको पाण्डेले जानकारी दिए ।

प्रतिनिधिसभामा सभामुख चयनका लागि माघ ५ गते निर्वाचन मिति तय गरिसकिएको छ । सातदलीय गठबन्धनमा सभामुख एमालेलाई दिने सहमति भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर