गृह मन्त्रालयले बालेनलाई उपलब्ध गराएन पीएसओ – Nepal Press

गृह मन्त्रालयले बालेनलाई उपलब्ध गराएन पीएसओ

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) मागेको २ महिना हुँदा पनि गृह मन्त्रालयले उपलब्ध नगराएको पाइएको छ ।

काठमाडौंमा अनाधिकृत रुपमा रहेका सुकुम्बासी टहरा भत्काउने क्रममा उनलाई सुरक्षा थ्रेटसहितका फोन तथा धम्की आउन थालेपछि पीएसओ मागेको भए पनि अहिलेसम्म गृह मन्त्रालयले उपलब्ध नगराएको हो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारीको सुझाव अनुसार प्रमुख शाहले आफुलाई सुरक्षा थ्रेट बढेको भन्दै पीएसओ उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग अनुरोध गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयको जिल्ला सुरक्षा समितिको बैठक बसेर प्रमुख शाहलाई पीएसओ उपलब्ध गराउने निर्णय गर्दै गृह मन्त्रालयलाई पत्राचार गरेको थियो । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले पत्राचार गरेको २ महिनासम्म पनि पीएसओ उपलब्ध नगराएको हो ।

प्रमुख साहको सचिवालय स्रोतले भन्यो, ‘गृहमन्त्री बालकृष्ण खाण भएकै बेला महानगरपालिकाले जिल्ला प्रशासन कार्यालयसँग माग गरेको थियो । जिल्ला प्रशासन कार्यालयले २ महिना अगाडि नै गृह मन्त्रालयलाई पत्राचार गरेको भए पनि अहिलेसम्म मेयर सापको पीएसओ उपलब्ध गराइएको छैन । अहिले नयाँ गृहमन्त्री रबि लामिछाने आउनुभएको छ । खै उहाँले के गर्नुहुन्छ थाहा छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर