नयाँ बानेश्वरमा अनधिकृत संरचना भत्काउने क्रममा पत्रकारमाथि हातपात
नेपाल प्रेस
२०७९ पुष २९ गते १६:३५
काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरको चोकमा निर्मित अनधिकृत संरचना भत्काउने क्रममा पत्रकारमाथि हातपात भएको छ ।
समाचार संकलनका लागि त्यहाँ पुगेका पत्रकारहरुमाथि स्थानीय व्यापारीहरुले हातपात गरेका हुन् । महानगरले आफ्नो संरचना भत्काएको आक्रोशमा स्थानीय व्यापारी सञ्चारकर्मीहरुमाथि खनिएका हुन् ।
त्यहाँ उपस्थित पत्रकार कृष्ण कट्टेललाई लात्ताले संवेदनशील अंगमा लागेको र अन्य ठाउँमा पनि प्रहार उनले भएको बताए । आफूलाई गम्भीर प्रहार भएको उनको भनाइ छ । आफूहरुमाथि हातपात भएपछि पत्रकारहरुले तीनकुनेस्थित प्रहरी चौकीमा उजुरीका लागि पुगेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर