साँझ ६ बजे सुदूरपश्चिममा सभामुखको निर्वाचन गर्ने सर्वदलीय बैठकको निर्णय
नेपाल प्रेस
२०७९ पुष ३० गते १३:१५
कैलाली । आज साँझ ६ बजे सुदूरपश्चिम प्रदेशमा सभामुखको निर्वाचन हुने छ । अहिले बसेको सर्वदलीय बैठकले ६ बजे निर्वाचन गर्ने निर्णय गरेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।
यहाँ माओवादीबाट भीम भण्डारी र कांग्रेसबाट मानबहादुर रावल उम्मेदवार छन् । बिहीबार दुवैले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिए ।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा बहुमत ल्याउन २७ मत आवश्यक पर्छ ।
प्रतिक्रिया
सम्बन्धित खवर