यती एयर दुर्घटना : पोखरामा यसरी भइरहेको छ उद्धार (तस्बिरहरू)
काठमाडौं । यती उयरको विमान दुर्घटनास्थलमा अहिले उद्धार कार्य जारी छ ।
दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले उद्धारको काम जारी राखेका छन् ।
महानगरको दमकलले आगो निभाउने प्रयास पनि जारी राखेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रभावकारी उद्दारमा लाग्न गृहमन्त्रालय, सुरक्षाकर्मी, सरकारका सम्पूर्ण निकायलाई निर्देशनसमेत दिएका छन् ।
अहिलेसम्म १६ जना शव भेटिएको यती एयलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।
एटीआर ७२ विमान आज विहान दुर्घटना भएको थियो ।
काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चारजना सदस्यसहित उडेको उक्त जहाज बिहान ११ बजेर १० मिनेटमा पोखरा उपत्यकाको सेती नदी खोँचमा खसेको थियो ।
तस्बिर स्राेत : सामाजिक सञ्जाल
हे भगवान के भएको दुखलाग्दो यस्तो घटना।