यती एयर दुर्घटना
जहाज दुर्घटनास्थलमा १६ जनाको शव भेटियो
नेपाल प्रेस
२०७९ माघ १ गते ११:५८
काठमाडौ । पोखरामा यती एयरको एटीआर ७२ जहाज दुर्घटनास्थलमा १६ जनाको शव भेटिएको छ ।
काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चारजना सदस्यसहित उडेको उक्त जहाज बिहान ११ बजेर १० मिनेटमा पोखरा उपत्यकाको सेती नदी खोँचमा खसेको थियो । दुर्घटनाग्रस्त विमानमा हालसम्म १६ जनाको शव निकालिएको यती एयलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले नेपाल प्रेसलाई जानकारी दिए ।
अहिले उद्धार भइरहेको र बाकीको अवस्थाको विषयमा अहिले नै भन्न नसकिने बर्तौलाले बताए । क्षतिको थप विवरण आइनसकेको बर्तौलाले जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित खवर