उड्ययन सुरक्षाबारे सुरक्षा पन्तको चिन्ता : हामी दिनदिनै ‘तोर्पे’ हुँदैछौं – Nepal Press

उड्ययन सुरक्षाबारे सुरक्षा पन्तको चिन्ता : हामी दिनदिनै ‘तोर्पे’ हुँदैछौं

काठमाडौं । आइतबार चालक दलका चार जनासहित ७२ जना यात्रु सवार यती एयरलाइन्सको विमान दुर्घटना भएपछि अभिनेत्री सुरक्षा पन्तले नेपालको उड्डयन क्षेत्र र सम्बधित निकायकाे कार्यव्यहारप्रति चिन्ता व्यक्त गरेकी छन् । आज बिहान काठमाडौंबाट पोखरा उडेको यतीको एटीआर ७२ (९एन-एएनसी) विमान दुर्घटनापछि सामाजिक सञ्जालमार्फत उनले आक्रोश व्यक्त गरेकी हुन् ।

स्टाट्स लेख्दै पन्तले नेपालको उड्डयन क्षेत्रले हावादारी र कामचलाउ काम गरेको बताउँदै नैरास्यता प्रकट गरेकी छन् ।

अध्ययन र पेशाको हिसाबले सुरक्षा आफैँ पनि एक ईन्जिनियर हुन् ।

उनले हिजो साँझ मात्र आविष्कार केन्द्रमा काम गर्ने एक जना एरोनटिकल ईन्जिनियर भाइसंग ३ घण्टा कुरा भएको र आफै सक्षम हुँदा पनि कसैबाट सहयोग नभएको गुनासो आफ्नो स्टाट्समा उल्लेख गरेकी छन् । उनी लेख्छिन, ‘सिस्टम सुरक्षा र अपग्रेडेड तथा उच्च स्तरको प्रविधि आफैँ बनाउने क्षमता हुदाँ पनि कसैबाट सहयोग, हौसला, अनुसन्धान गर्ने माहोल र नेपालको भूगोल अनुसारको प्रविधि उत्पादन गर्न पैसा लगानी गर्ने हुट्हुटी कसैमा नभएको गुनासो सुनेपछि रिस,नैरास्यता अनि दिक्क लागेर कोठा फर्किए । त्यति सुने पछि नेपालको उड्डयन क्षेत्र र सम्बधित निकायले कति हावादारी र कामचलाउ पाराले काम गर्छ भन्ने महसुश भयो । ’

त्यस्तै, उनले माफ माग्दै र आफूलाई भन्न मन नभएको जनाउँदै स्टाटसमा आफूहरु दिनदिनै ‘तोर्पे’ हुँदै गरेको उल्लेख गरेकी छन् । ‘भन्न मन त थिएन तर हामी ‘तोर्पे’ हुँदैछौँ दिन प्रतिदिन’, उनले लेखेकी छन्, ‘दिमाग चलाउन खर्च गरौ भन्दा दिमाग नचल्ने, देश थाम्न बसेकाको दिमागमा के ले घोच्ने हो ?’

आज बिहान भएको विमान दुर्घटनमा हालसम्म ६८ जनाको निधन भइसकेको यती एअरलाइन्सले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *