मृतकको शव लिन पोखरा उड्यो सेनाको हेलिकोप्टर
नेपाल प्रेस
२०७९ माघ २ गते १६:०९
काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा निधन भएकाहरुको शव ओसार्न नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ प्रस्थान गरेको छ । केही बेरअघि त्रिभुवन विमानस्थलबाट सेनाको हेलिकोप्टर पोखरातर्फ उडेको हो ।
दुर्घटनामा परेका ७२ जनामध्ये ६९ जनाको शव प्राप्त भइसकेको छ । उनीहरुमध्ये २६ जनाको मात्रै पहिचान भएको छ । पहिचान नभएका र चालक दलका सदस्यको शव काठमाडौं ल्याउन लागिएको हो । प्राप्त शवहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम भइरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर