जुम्लाको पातारासीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु – Nepal Press

जुम्लाको पातारासीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

सुर्खेत । जुम्लाको पातारासी गाउँपालिका(२ कोटाकोभिरमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

सोमबार साढे ३ बजे ग १ ज ४०३५ नम्बरको जीप कोटा भिर भन्ने स्थानमा दुर्घटना हुँदा ‌पातारासी गाउँपालिका-१ माथाचौरकी ४२ वर्षकी छोर्तेन लामाको मृत्यु भएको हो ।

जीपमा १५ जना यात्रु रहेको प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले जानकारी दिए । सोमबार जुम्ला बजार देखि पातारासी गाउँपालिका जाँदै गरेको जीप दुर्घटना भएको हो ।

घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । जीप ब्याक गर्ने बेला सडकबाट ५० मिटर तल तिला नदीमा खसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *