कांग्रेस प्रवक्ता महत भन्छन्- राष्ट्रपति र सभामुखमा सबै दलहरूमा समझदारी चाहन्छौँ – Nepal Press

कांग्रेस प्रवक्ता महत भन्छन्- राष्ट्रपति र सभामुखमा सबै दलहरूमा समझदारी चाहन्छौँ

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले राष्ट्रपति र सभामुखमा सबै दलहरूमा समझदारी चाहेको बताएका छन्।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकपछि आफूहरू प्रमुख प्रतिपक्ष दल भएपनि समझदारीबाट अघि बढ्न खोजेको बताए।

उनले भने, ‘हामी समझदारीबाट अघि बढ्दा एक किसिमबाट प्रस्तुत हुन्छौँ। समझदारी नहुँदा अर्को किसिमबाट प्रस्तुत हुन्छौँ। हामी भूमिका शून्य भएर बस्दैनौँ।’

राष्ट्रपति र सभामुखको संस्था सबैको साझा भएकाले संविधानको रक्षा र कानुनमा केन्द्रित हुनुपर्ने पद भएकाले सबै दलहरूको समझदारीमा निष्कर्ष निस्कियोस् भन्ने चाहेको उनको भनाइ छ।

उनले भने, ‘प्रधानमन्त्रीले अन्तिम कुरा गर्छु भन्नुभएको छ। त्यसका लागि पनि हामी केही समय पर्खिन्छौँ। अन्य सहयोगी दलहरूसँग पनि सुझाव सल्लाह र सहकार्य गरेर टुंगो लगाउँछौँ।’

सत्ता गठबन्धनको तर्फबाट एमालेले उम्मेदवारी अघि सार्दा कांग्रेसले के गर्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘समग्र प्याकेजमा समझदारी बन्ने अवस्था आयो भने त्यही किसिमबाट प्रस्तुत हुन्छौँ। त्यस्तो अवस्था नआए हाम्रो उम्मेदवारी हुन्छ। हामी छलफलमा छौँ।’

प्रधानमन्त्री पनि अन्तिम छलफलमा भएकाले समझदारीको प्रयास भइरहेको बताए।


प्रतिक्रिया

One thought on “कांग्रेस प्रवक्ता महत भन्छन्- राष्ट्रपति र सभामुखमा सबै दलहरूमा समझदारी चाहन्छौँ

  1. काङ्रेसको दरकार भएको भए पनि बोली र मान्यता यही हुन्थ्यो !?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर