कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाउने तयारी – Nepal Press

कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाउने तयारी

काठमाडौं । नेपाली कांग्रेसले सांसद ईश्वरी न्यौपानेलाई सभामुख पदको उम्मेदवार बनाउने तयारी गरेको छ। यद्यपि, औपचारिक निर्णय भएको छैन।

पार्टीभित्र न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउनेबारे छलफल भएको कांग्रेसका एक पदाधिकारीले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘उहाँ (ईश्वरी) लाई उम्मेदवार बनाउने विषयमा छलफल भइरहेको छ । निर्णय भएको छैन । हामी माधवजीहरूसँग पनि छलफल गर्देछौं ।’

उनले अन्य सहयोगी दलहरूसँग सहमति गरेर अघि बढ्ने बताए । पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले अन्य दलसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरेको थियो ।

सत्ता गठबन्धनको तर्फबाट एमालेले देवराज घिमिरेलाई सभामुख उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर