राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई आज १० अर्ब पठाउँदै
नेपाल प्रेस
२०७९ माघ ५ गते ११:२१
काठमाडौ । नेपाल राष्ट्र बैंकले आज रिपो मार्फत १० अर्ब रुपैयाँ बैकिङ प्रणालीमा पठाउँदैछ । क, ख र ग वर्गमा वित्तिय संस्थालाई सो रकम पठाउन लागिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट बैंकले आज रिपोको बोलकबोल गर्नेछ । रिपोमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो २ बजेसम्म बिडिङ गर्नुपर्नेछ ।
राष्ट्र बैंकले १४ दिनका लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुलाई रिपो जारी गर्न लागेको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर