भोजपुरको भैसीपंखामा गाउँलेद्वारा जुवातास प्रतिबन्ध, खेलेको पाइए प्रहरीलाई फोन गरिदिने (भिडिओ)
काठमाडौं । भोजपुरको भोजपुर नगरपालिका १० भैसीपंखा जिमीगाउँमा जुवातास पूर्ण रुपमा प्रतिबन्ध लगाएकाे छ । पूर्व वडा सदस्य प्रकाश राईको अध्यक्षतामा बसेको बैठकले गाउँमा जुवातास प्रतिबन्ध लगाएको हो ।
जुवातास खेल्न, खेलाउने र हेराउनेलाई पनि कारबाही गरिने पुर्व वडा सदस्य प्रकाश राईले बताए । उनले भने,‘ हरेक दिन झैझगडा भइरहयो । यो नियम लागू नगरी नहुने भएपछि यो नियम लागेको हो ।’
वडाका विभिन्न टोल बस्तीहरुमा समेत कार्यान्वयन गर्न सहयोग गरिदिन आवह्रान गरेको छ । त्यस्ता गतिविधि पाइएमा कानुनी कारबाहीको भागेदार हुन पर्ने र अटेर गरि खेलेको पाइएमा जिल्ला प्रहरी कार्यालय भोजपुरमा खबर गरिदिने उनले बताए ।