संसद्को रोष्टमबाटै कांग्रेसले माग्यो राष्ट्रपति र सभामुख, एमालेले पाउँदा दुर्घटना हुने दाबी – Nepal Press

संसद्को रोष्टमबाटै कांग्रेसले माग्यो राष्ट्रपति र सभामुख, एमालेले पाउँदा दुर्घटना हुने दाबी

काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले संसद्को सबैभन्दा ठुलो दल परिस्थितिको कारण मात्रै सरकार बाहिर भएको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सभामुख र शीतल निवासको लक्ष्यसहित संसदमा उभिएको बताए।

उनले भने, ‘सभामुख र शीतल निवासमा हाम्रो उपस्थितिले जनताको मतको पनि प्रतिनिधित्व हुन्छ। त्यसबाट शक्ति सन्तुलन पनि हुन्छ।’

उनले शीतल निवासतिरको लक्ष्य भन्दै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर नझस्किन आग्रह गरे।

उनले भने, ‘२०७४ सालको अनुभवबाट यो संसद्ले अनुभव लिनुपर्छ। त्यो बेलामा दुईवटा कम्युनिष्ट पार्टीका अध्यक्ष एउटै दलमा हुनुहुन्थ्यो। एकजना प्रधानमन्त्री हुनुभयो र अर्कोले आफू निकटकोलाई सभामुख बनाउनुभयो। तर, एक वर्ष नपुग्दै प्रधानमन्त्रीले भन्नुभयो मलाई सभामुखबाट सहयोग भएन। त्यसैले यो बेलामा म भन्न चाहन्छु आवश्यक सहयोग पनि नगर्ने सभामुख र अनावश्यक सहयोग गर्ने राष्ट्रपति हाम्रो संविधानको परिकल्पना हो कि होइन।’

त्यो लोकतन्त्रको लागि सुख नभएकाले दुई/दुई पटक संसद् विघटन भएको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर