हामी चारदल एकै ठाउँमा छौं : रमेश लेखक – Nepal Press

हामी चारदल एकै ठाउँमा छौं : रमेश लेखक

‘राष्ट्रपति निर्वाचनको ऐन संशोधन गर्नुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले आफूहरु चारदल एकै ठाउँमा रहेको बताएका छन् ।

आज सभामुखको निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताए । सभामुखमा पराजित हुनुभयो अब उपसभामुखमा उम्मेदवारी दिने कि नदिने ? भन्ने प्रश्नमा उनले आफहरुले सभामुखमा उम्मेदवारी दिएको र संसदमा भएका विपक्षी दलहरुसँग छलफल गरिरहेको बताए । ‘आज हामी एक ठाउँमा उभिएका छौं नि ।’, उनले भने, ‘नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चा चार पार्टी एकै ठाउँमा छौं । करिब करिब हिजोको गठबन्धन कायम राखेका छौं नि’

सभामुखमा तपाईंहरु पराजित हुनुभयो उपसभामुखमा उम्मेदवारी दिन्छ कि दिँदैन ? भन्ने प्रश्नमा उनले संसदीय प्रक्रियामा प्रतिस्पर्धामा सहभागी हुने बताए । त्यस्तै, उनले विपक्षी दलहरुसँग छलफल गरेर एकतावद्ध बनाउन भूमिका खेल्ने बताए ।

त्यस्तै, उनले राष्ट्रपतिका निर्वाचनका विषयमा केही विरोधाभास रहेको बताएका छन् । संविधानको व्यवस्था र राष्ट्रपति निर्वाचन कानून ऐनका विषयमा विरोधाभास रहेको छ । ऐनले कार्यकाल समाप्त हुनुअघि एक महिना अगाडि नै कार्यकाल समाप्त हुने व्यवस्था रहेको उनले बताए ।

‘एनेअनुसार गर्दा कार्यकाल घट्ने भएकाले संविधानअनुसार नै संशोधन गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ । संविधानअनुसार नै राष्ट्रपतिको निर्वाचन हुनुपर्छ । बरु ऐनलाई पनि संविधानअनरुप बनाउनुपर्छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर