प्रधानमन्त्रीलाई पिँजडामा थुनेको आरोपबारे ओलीले दिए यस्तो जवाफ (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीलाई पिँजडामा थुनेको आरोपबारे ओलीले दिए यस्तो जवाफ (भिडिओ)

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पिँजडामा थुनेको भनि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आरोप लगाएपछि एमाले अध्यक्ष ओलीले जवाफ दिएका छन् । उनले विधि र थितिमा चल्ने कुरालाई पिँजडा मान्ने कुराले अशुभ संकेत गर्ने बताए ।

आज सभामुखको निर्वाचनपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै ओलीले गठवन्धनको प्रधानमन्त्रीलाई समर्थन गर्ने तर सभामुखलाई नगर्ने कांग्रेसको रवैयाप्रति आक्रोश पोखेका थिए ।

उनले भने, ‘मानव समाज विभिन्न दृष्य तथा अदृष्य बन्धनबाट बाँधिएको हुन्छ । फुक्काफाल मन पराउनेहरुले जसो पनि गर्छन् । कार्यकारीमा भोट दिन मिल्ने, पार्टी छानिछानि भोट दिन मिल्ने र सरकारमा रहेको एउटा पार्टीको समर्थन र अर्को पार्टीको विरोध गर्ने कुराहरु उचित होइनन् ।’

ओलीले आफ्नो नेतृत्वमा बनेको उच्चस्तरीय संयन्त्रलाई लिएर प्रश्न उठाइएकोमा पनि असन्तुष्टि व्यक्त गरे ।

‘विगतमा मेरो अडानको स्मरण गर्दै संंयन्त्र बन्नुपर्दैन भनेको सुनियो । अघिल्लो सरकारमा कांग्रेसले रामचन्द्र पौडेलको नेतृत्वमा संयन्त्र बनाएर नयाँ प्रचलन सुरु गरेको हो । मैले त पहिले चाहिँदैन नै भनेको थिएँ । तर गत सरकारको समयमा संयन्त्र बनाएर अभ्यास सुरु गरेपछि अहिले त्यसलाई नै अनुसरण गरिएको हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर