शीतलनिवासले सांसदलाई सचिवभन्दा पछाडि राखेको भन्दै अर्जुननरसिंहले पाेखे असन्तुष्टि
काठमाडौं । नेपाली कांग्रेसका नेता अजुननरसिंह केसीले सभामुखको शपथ कार्यक्रममा सांसदलाई सचिवभन्दा पछाडि राखेकोप्रति असन्तुष्टि जनाएका छन् ।
राजपत्रको दशौं स्थानमा रहेका सांसदलाई तेह्रौं स्थानका सचिवभन्दा पछिल्तिर राखेर राष्ट्रपति भवनले अनौठो व्यवहार देखाएको उनको भनाइ छ ।
सभामुखको शपथ कार्यक्रममा सहभागी भएर शीतलनिवासबाट फर्केपछि सांसद केसीले फेसबुकमा लेखेका छन्, ‘सभामुख संसदको साझा संस्था हो । सम्मानका लागि राष्ट्रपति भवनको शपथग्रहणमा उपस्थित भएँ । राजपत्रको दशौं स्थानमा रहेका सांसदलाई तेह्रौं स्थानका सचिवभन्दा पछिल्तिर राखेर राष्ट्रपति भवनले अनौठो व्यवहार देखायो ।’
उनले शीतलनिवासलाई मर्यादासम्बन्धी न्यूनतम कानून पनि थाहा भएको हाे ? भन्दै प्रश्नसमेत गरेका छन् ।