लागूऔषध मुद्दामा फरार प्रतिवादी पक्राउ – Nepal Press

लागूऔषध मुद्दामा फरार प्रतिवादी पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषध मुद्दामा फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-१ ढोडेखालीका २८ वर्षीया कमल गिरि रहेका छन् ।

उनलाई सुर्खेत जिल्ला अदालतबाट लागूऔषध (ब्राउन सुगर) मुद्दामा एक वर्ष कैद र पाँच हजार जरिवाना तोकेको थियो ।

उनलाई प्रहरीले सुर्खेत जिल्ला अदालत पेस गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *