कांग्रेस संस्थापन इतर समूहमा समीक्षा- टीममा किन एकमत हुन सकेन ? नेता शेखर कि गगन भन्ने प्रष्ट होस् – Nepal Press

कांग्रेस संस्थापन इतर समूहमा समीक्षा- टीममा किन एकमत हुन सकेन ? नेता शेखर कि गगन भन्ने प्रष्ट होस्

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहका बैठकमा नेताहरूले टीमको नेताबारे प्रष्ट पार्न माग गरेका छन्।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बत्तिसपुलतीस्थित अनुपम फुडल्याण्डमा जारी बैठकमा नेताहरूले टीमको नेता डा. शेखर कोइराला कि महामन्त्री गगन थापा भन्ने प्रष्ट पार्न माग गरेका हुन्।

बैठकमा नेताहरूमाथि प्रश्न उठाउँदै एक नेताले भने, ‘संसदीय दलमा हाम्रो पक्षको मत किन एकीकृत हुन सकेन, किन कम आयो ? टीम भनेर लागेपछि टीममा भोट आउन पर्‍यो नि। कि टीम भनेर हिँड्न भएन, टीमको नेताको हो भन्ने स्पष्ट हुनपर्छ।’

उनले संसदीय दलको निर्वाचनमा उम्मेदवार शेखर कि गगन भन्नेमा टुंग्याउन ढिलाइ भएको उल्लेख गर्दै आफ्नो टीमको सबै मत नआएकोप्रति समीक्षा गर्न माग गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर