५.९ रेक्टरस्केलको भूकम्प, केन्द्रविन्दु बाजुरा
नेपाल प्रेस
२०७९ माघ १० गते १५:२०
काठमाडौं । बाजुराको मेला केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भुइँचालो गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाका अनुसार दिउँसो २ बजेर ४३ मिनेट जाँदा भूकम्प गएको हो ।
पश्चिम नेपालको नेपालगञ्ज, बझाङ, कैलाली, बाजुरालगायतका ठाउँमा भूकम्पको धक्का महसुस भएको थियो ।
बाजुराको बडिमालिका नगरपालिका-७ मा एउटा घर भत्केको डीएसपी सूर्य थापाले बताए । भौतिक र मानवीय क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया
सम्बन्धित खवर