मंगलवार रेकर्ड ब्रेक गरेको सुनको मूल्य बुधवार घट्यो
नेपाल प्रेस
२०७९ माघ ११ गते ११:४६
काठमाडौं । बुधवार सुनको मूल्य १ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख ६ हजार २ सय रुपैयाँमा झरेको छ । मंगलबार मात्रै सुनको मूल्यले नयाँ रिकर्ड कायम गरेको थियो ।
तेजाबी सुनको मूल्य भने १ लाख ५ हजार ७ सय रुपैयाँ कायम रहेको छ ।
त्यसै गरी चाँदीको कारोबार प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा भइरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर