कोरोना संक्रमित प्रदेशसभा सदस्य कुँवरलाई काठमाडौं लगियो
नेपाल प्रेस
२०७७ फागुन १८ गते १६:३०
कैलाली । कोरोना संक्रमित सुदूरपश्चिम प्रदेशसभा सदस्य हर्कबहादुर कुँवरलाई हेलिकप्टरमार्फत थप उपचारको लागि काठमाडौं लगिएको छ ।
१४ गते कोरोना संक्रमणपछि होम आइसोलेसनमा रहेका सांसद कुँवरलाई सेती प्रादेशिक अस्पतालले मंगलबार काठमाडौं रेफर गरेको हो ।
स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि थप उपचारको लागि हवाई उद्धार गरिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापतिसमेत रहेका कुँवरको अहिले काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया