क्यानका अध्यक्ष चन्दले भने- हामीबाट त्रुटि भयो, सेभेन थ्री स्पोर्ट्सलाई विश्वास गर्नु नै गलत (भिडिओ) – Nepal Press

क्यानका अध्यक्ष चन्दले भने- हामीबाट त्रुटि भयो, सेभेन थ्री स्पोर्ट्सलाई विश्वास गर्नु नै गलत (भिडिओ)

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले नेपाल टी-२० लिगमा आफूहरूबाट त्रुटि भएको स्वीकारेका छन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताए । चन्दले सेभेन थ्री स्पोर्टसलाई विश्वास गर्नु नै गलत भएको बताए । खेलमा म्याच फिक्सिङ प्रमाणित भएपछि चन्दले क्यानले सेभेन थ्री स्टारलाई विश्वास गर्नु नै गलत भएको बताए । उनले नेपाली क्रिकेटमा ग्रहण लागेको टिप्पणी पनि गरे । त्यसलाई सुधार्न सबैको सहयोग आवश्यक रहेको चन्दको भनाइ छ ।

क्यानले सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौतामा केहि त्रुटी गल्ति भएको स्वीकार गर्दै क्यानको कुनै गलत नियत नभएको समेत स्पष्ट पारेको छ । पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुर बहादुर चन्दले लामो अनुभवका आधारमा सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गरेको तर सम्झौतापछि आवश्यक जिम्मेवारीबाट पछि हटेर सेभेन थ्री स्पोर्ट्सले धोका दिएको बताए ।

स्पट फिक्सिङ प्रकरणले लिग नै विवादमा परेको र यसको असर क्यान र समग्र नेपाली क्रिकेटमा परेकाले अब सबै मिलेर नेपाली क्रिकेटलाई पूर्ववत अवस्थामा फर्काउनुपर्ने उनले बताए । श्रम स्वीकृति ढिलादेखि सुरु भएको लिगको विवादमा संघको पनि केहि त्रुटी रहेको चन्दले स्वीकार गरे ।

उनले अहिले लिगमा खेल्ने अधिकांस खेलाडीहरुले पारिश्रमिक पाइसकेको र केही खेलाडीहरुले पनि छिटै पाउने दाबी गरे । उनले स्पट फिक्सिङ प्रकरणमा प्रहरीलाई क्यानको पूर्ण सहयोग हुने बताए । लिग सुरु हुनुभन्दा पहिले नै सम्भावित फिक्सिङ लगाएतका घटनालाई मध्यनजर गदै सीआइबीलाई पत्र लेखेर प्रतिनिधि पठाउन भने पनि चन्दले बताए ।

उनले फिक्सिङ तथा कुनै अनियमिततामा क्यानका कुनै पदाधिकारी संलग्न भए कारवाही भोग्न तयार रहेको धारणा राखे । पत्रकार सम्मेलनमा चन्दले बलात्कारको आरोपमा निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरु छलफलमा रहेको र विद्यमान कानून अनुसार नै अघि बढ्ने बताए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको छानबिनमा नेपाल टी-ट्वान्टी लिगमा स्पट फिक्सिङ भन्दै दुई क्रिकेटरलाई पक्राउ गरिएको छ भने फिक्सिङ संलग्न हुन सक्ने आशंकामा अन्य १० जनामाथि पनि अनुसन्धान गरिरहेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर