संसदमा महिला पत्रकारलाई मर्यादापालकले दुर्व्यवहार गरेकोमा आपत्ति – Nepal Press

संसदमा महिला पत्रकारलाई मर्यादापालकले दुर्व्यवहार गरेकोमा आपत्ति

काठमाडौं । संघीय संसदको बैठकका क्रममा तस्बिर संकलन तथा समाचार संकलन गर्ने क्रममा फोटो पत्रकार वर्षा शाहमाथि दुर्व्यवहार भएको छ ।

फोटो पत्रकार क्लब नेपालको कार्यसमिति सदस्य एवम् देशसञ्चारमा कार्यरत शाहमाथि संसदमा खटिएका मर्यादापालकबाट दुर्व्यवहार भएको क्बलका प्रवक्ता विकास द्वारेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

क्लबले विज्ञप्तिमा जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । ‘संसदीय लोकतन्त्र, विधिको शासन र संसदीय मूल्यमान्यताको अभ्यास हुने गरिमामय संसदमा सञ्चाकरर्मीमाथि भएको दुर्व्यवहारको फोटो पत्रकार क्लब घोर भर्त्सना गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

क्लबले यस्ता घटना दोहोरिन नदिन संसद सचिवालयलाई ध्यानाकर्षण गराएको छ ।

त्यस्तै, घटनालाई लिएर संसदीय मामिला पत्रकार समाज नेपालले पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष सञ्जिव बगालेले विज्ञप्ति जारी गर्दै महिला सञ्चारकर्मीलाई पुरुष शौचालय जान भन्नेसम्मको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति सचिवलायले खटाएका सुरक्षाकर्मीबाट भएको घटना दोहोरिनु नहुने बताएका छन् ।

शाहलाई महिला संसद र महिला मर्यादापालकले प्रयोग गर्ने शौचालयमा जान नदिएर पुरुषले प्रयोग गर्ने शौचालयमा जान भनिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *