राष्ट्रियसभा उपाध्यक्षमा हाम्रो दाबी छैन, साझा उम्मेदवार खोज्दैछौं: माधव नेपाल (भिडिओ) – Nepal Press

राष्ट्रियसभा उपाध्यक्षमा हाम्रो दाबी छैन, साझा उम्मेदवार खोज्दैछौं: माधव नेपाल (भिडिओ)

'गृहमन्त्रीबारे अहिले हेरिरहेका छाैं, कसले के-के गर्दैछन्'

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रियसभा उपाध्यक्षमा आफनो पार्टीको दाबी नभएको बताएका छन् ।

सिहंदरबारमा नेपाली कांग्रेसले बोलाएको विपक्षी दलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग सक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले राष्ट्रियसभा उपाध्यक्षमा पार्टीको दबाब नभएको बताएका हुन् ।

उनले विपक्षी दलबाट सबै दलसँग कुरा बुझेर साझा उम्मेदवार उठाउने बताए । उनले भने,‘सबैदलसँग कुरा बुझ्नेर साझा उम्मेदवार उठाउँछौ। त्यसका लागि फेरि बैठक बस्छौं । कुनै पार्टी विशेषले मत मागेको  छैन् ।’

गृहमन्त्रीबारे पार्टीको टिप्पणी नभएको उनले बताए । उनले भने,‘गृहमन्त्रीबारे अहिले हामीले बोल्ने केही छैन् अहिले हामी हेरेर बस्ने हो यसमा हाम्रो टिप्पणी छैन् । बोलेर के गर्ने हो र ? गर्नुपर्नेले के के गर्छन् गर्छन् ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर