सन २०३० को विश्वकप आयोजनामा दक्षिण अमेरिकी राष्ट्र समूहको दाबी पेश – Nepal Press

सन २०३० को विश्वकप आयोजनामा दक्षिण अमेरिकी राष्ट्र समूहको दाबी पेश

काठमाडौं । सन् २०३० को फिफा विश्वकप फुटबल आयोजनाका लागि दक्षिण अमेरिकी देशको समूहले बुधवार औपचारिक रूपमा दाबी पेस गरेका छन् ।

विश्वकप आयोजनाका लागि संयुक्त दाबी पेस गर्ने देशमा अर्जेन्टिना, चिली, पाराग्वे र उरुग्वे रहेका छन् र तिनीहरू मङ्गलवार नै पहिलो औपचारिक बैठक पनि गरेका छन् ।

अर्जेन्टिनी राष्ट्रपति अल्बर्टो फर्नान्डेजले यस संयुक्त आयोजनाको दाबीमा बोलिभिया पनि सम्मिलित हुने बताएका छन् ।

फिफासँग दाबी गरिए अनुसार प्रतियोगिताको उद्घाटन खेल अर्जेन्टिनाको ब्युनर्स आयर्समा हुनेछ भने फाइनल उरुग्वेको मोन्टेभिडिओमा हुनेछ ।

उता सन् २०३० को विश्वकपका लागि यसअघि नै स्पेन, पोर्चुगल र युक्रेनले संयुक्त दाबी गरिसकेको छन् भने यस्तै साउदी अरेबिया, इजिप्ट र ग्रिसले पनि संयुक्त दाबी गर्ने प्रक्रियामा छन् ।

फिफाले अव दाबी गरिएका युरोपियन राष्ट्र, अरबी राष्ट्र वा दक्षिण अमेरिकी राष्ट्रलाई विश्वकप सञ्चालन गर्न दिन्छ कि दक्षिण अमेरिकी राष्ट्रलाई त्यो भने हेर्न अझ बाँकी रहेको छ ।

फिफाले सन् २०३० को विश्वकप आयोजना गर्ने स्थानको निर्णय सन २०२४ मा गरिसक्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *