‘सम्पादक्नी भाउजू’हरुको नाममा
रवि लामिछानेज्यू ! पुरुषका प्रतिष्ठाको लडाइँमा महिलाको चीरहरण किन ?
म चितवनको एक कुनामा बसेर परिकल्पना गरिरहेको छु, आज द्वापर युग अन्त्यको समय हुँदो हो भने निश्चय नै महाभारतको लडाइँ चलिरहेको हुन्थ्यो ।
पात्रहरुमा पाण्डवहरु हुँदा हुन्, कौरवहरु हुँदा हुन्, उनीहरुको शासकीय लडाइँका लागि ब्युतक्रीडा भइरहेको हुँदो हो । जुवाको खालमा ‘धर्मराज’ युधिष्ठिर र राजकुमार दुर्योधन नारिएका हुँदा हुन् । अनि सबै हारिसकेपछिको अन्तिम दाउमा हुँदी हुन्, द्रौपदी ।
आज त्यो युगमा छैन । मेरासामु महाभारत, पाण्डव, कौरव, मायावी कृष्ण र द्रौपदी एक मिथक पात्रका रुपमा मात्रै छन् । म तिनीहरुको कथा सुनेर एक सभ्यताको अनुभूतमात्र गर्न सक्छु, जहाँ महिलाको अस्तित्व पुरुषको मनोरञ्जनको साध्यमात्रै थियो ।
यसै हप्ता राज्यसत्ता, त्यसको प्राप्ति र हारमा नेपालको सञ्चार जगतको जगमा भएको घटनाको विवचेनामा मात्रै केन्द्रित छु म । मानिसहरु राज्यसत्ता प्राप्तिमा हुने खेलझेल र सत्यबीच हुने लडाइँको एक बलियो परिदृश्य महाभारतकालीन धर्म युद्धलाई ठान्छन् ।
त्यो मिथक साँच्चै थियो वा कसैले परिकल्पना गरिदियो म जान्दिनँ । तर, यति जान्छु कि महाभारतको धर्मसभामा पाण्डवहरुले जुवामा हारेकी द्रौपदीलाई झैं आजको युगमा पनि पुरुषहरुको सत्ता र प्रतिष्ठाको लडाइँमा महिलालाई नङ्ग्याइन्छ ।
नेपाली मूलधारका सञ्चार जगत र यसका प्रमुखहरुलाई गाली गर्दै उनले भने, ‘सम्पादक्नी भाउजूहरु आफ्नो श्रीमानको ह्वाट्स एप कहिल्यै चेक गर्नुभएको छ ?’ शब्द के प्रयोग गरे रवि नै जानून् । एउटा राजनीतिक दलको प्रमुख पदमा रहेको व्यक्तिले त्यो बोल्न हुन्थ्यो, हुन्थेन रवि नै जानून् ।
तपाईंलाई लाग्ला नङ्ग्याउन के के गर्नुपर्दो हो ! हामी एउटा माइक्रो चिप्सले विश्व हल्लाइदिने युगमा छौं आज । आइतबार अदालतबाट नागरिकता विवादमा दोषी ठहर्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको लाइभ भिडियो चितवन बसेर हेरिरहेको थिएँ ।
उनका भनाइ, हाउभाउ भन्ने तरिकाहरु हेर्दै सुन्दै थिएँ । नेपाली मूलधारका सञ्चार जगत र यसका प्रमुखहरुलाई गाली गर्दै उनले भने, ‘सम्पादक्नी भाउजूहरु आफ्नो श्रीमानको ह्वाट्स एप कहिल्यै चेक गर्नुभएको छ ?’ शब्द के प्रयोग गरे रवि नै जानून् । एउटा राजनीतिक दलको प्रमुख पदमा रहेको व्यक्तिले त्यो बोल्न हुन्थ्यो, हुन्थेन रवि नै जानून् ।
आफू बहुत चरित्रवान छु भनेर प्रमाणित गर्न उनले अरु (उनकै शब्दमा १२ भाइ सम्पादक) लाई प्रश्न गर्न तम्सिएका थिए उनी त्यतिवेला । मलाई भने सम्पादकनी भाउजू शब्दले नै हजार भोल्टको करेन्ट लागे बढी महसुस भयो ।
उनले कहिल्यै सोचेनन्, आफैंले सामान्य महिलासँग सम्बन्ध र सन्तान प्राप्ति, पहिलो विवाहको अन्त्य र अहिलेको विवाहपछिको श्रीमतीसँग खुशी भएको सुनाइरहँदा ती महिलाहरुले कस्तो महसुस गरे होलान् ?
आफूलाई चत्रिवान ठहर्याउन अरुको चरित्रमा सार्वजनिक रुपमा मानमर्दन गरिरहँदा उनीहरुसँग प्रत्यक्ष जोडिएका महिलालाई के महसुस भयो होला ? कानूनअनुसार उमेर पुगेका व्यक्तिको चरित्र कसरी र कसले निर्धारण गर्छ त्यो म जान्दिनँ र जान्ने सुविधा पनि मलाई छैन ।
आज न महाभारतकालीन युग हो न त यहाँ धर्मयुद्धका नायकहरु धनुष, गदा बोकेर युद्ध-लडाइँको रथमा अघि छन् । हामी त प्रविधिको उच्चतम उपयोग गरिरहेको युगमा छौं । साम्यवाद हुँदै अघि बढेको यो युगमा राज्यसत्ता प्राप्तिको लागि महिलाका चीरहरण भने रोकिएको छैन ।
यद्यपि, केही सम्पादकका श्रीमतीहरुका सार्वजनिक पहिचान जान्दछु । उनीहरु आफ्नै पहिचानले पूर्ण जीवन बाँचेका छन् । उनीहरुको सार्वजनिक छवि छ । आफ्नै पौरखले समाजमा सम्मानित पनि छन् । जो आफ्नै पहिचानले बाँचेका छन्, उनीहरुलाई ‘सम्पादकनी भाउजू’ उपमा दिन कानून वा कुन मर्यादाले दिन्छ रवि लामिछानेजी ?
शब्दकोषको कुन चाहिँ पानामा छ त्यो शब्द ? तपाईंलाई आफ्नो प्रतिष्ठाको लडाइँ लड्न मन लाग्यो भनेर असम्बन्धित व्यक्तिलाई मुछ्नुहुन्न भन्ने सामान्य ज्ञान पनि छैन ? चितवन २ का सचेत मतदाताले तपाईंको त्यो अभिव्यक्तिलाई के ठाने होलान्, कहिल्यै महसुस गर्नुभएको छ ?
आज न महाभारतकालीन युग हो न त यहाँ धर्मयुद्धका नायकहरु धनुष, गदा बोकेर युद्ध-लडाइँको रथमा अघि छन् । हामी त प्रविधिको उच्चतम उपयोग गरिरहेको युगमा छौं । साम्यवाद हुँदै अघि बढेको यो युगमा राज्यसत्ता प्राप्तिको लागि महिलाका चीरहरण भने रोकिएको छैन । त्यसको लागि रवि लामिछानेको यो भनाइमात्रै होइन त्यसपछि महिलालाई सार्वजनिक वृत्तमा लाजमर्दो बनाएर रमाइरहेका हुलको मनोविज्ञान बुझे पुग्छ ।
आफ्ना मूल्यहरुलाई युगले अर्काे युगसामु संस्कारका रुपमा गर्भाधान गरेको हुन्छ । र, नयाँ युगमा पुरानो युगको विर्यपातले जन्मेका घटनाहरुले मथिङ्गललाई चकराईदिन्छन् । यो हप्ता मेरो मस्तिष्कबाट भारदारीसभामा लज्जित बनाइएकी महाभारतकी द्रौपदी खिइँदै र छोपिइँदै गइन् र त्यसको ठाउँ लिइन् ‘सम्पादकनी भाउजू र शर्मिला वाइवाहरुले ।’
रवि लामिछानेको पत्रकार सम्मेलनपछि ऋषि धमलाको विपक्षमा एक महिला एकाएक यूट्युबहरुमा भाइरल भइन् । उनको अभिव्यक्तिले रवि लामिछानेको पक्ष र ऋषि धमलाको विपक्षमात्रै होइन स्वयंको सार्वजनिक जीवन कमजोर बनाइरहेको थियो ।
आजको युगमा नाङ्गो हुन कपडा फुकाल्नुपर्दैन । हामी सार्वजनिक जीवन र आमसञ्चार, सामाजिक सञ्जालहरुबाटै विश्वभर सानो अभिव्यक्तिले शून्यमा झर्छौं । महाभारतकालीन त्यो समयमा द्रौपदी जुवामा हारिएपछि शक्तिशाली पाण्डवहरुकी रानीबाट कौरवहरुकी नोकर्नीमा परिणत भइन् ।
त्यो अन्तर्वार्तामा एउटा पुरुष यूट्युबरले उनलाई यति तनावपूर्ण प्रश्न सोधिरहेको थियो कि उनले होइनसम्म भन्न नसक्नेगरी पेलिरहेको थियो । त्यो भिडियोले तनाव भइरहँदा फेरि उनको अर्को भिडियो आज बिहानबिहानै देखें । जहाँ पुनः ऋषि धमलालाई जोगाइरहेकी थिइन् ।
अनि केही हुल मानिसहरु सामाजिक सञ्जालमा उनका विभिन्न मानिसहरुसँग खिचिएका तस्वीर सार्वजनिक गर्दै थप चीरहरण गर्दै रमाइरहेका थिए । उफ् ! कस्तो हुलमा बाँचेका छौं हामी ?
यो धमला र लामिछानेको प्रतिष्ठाको लडाइँमा ती पुरुषहरुले उनलाई यसरी मोहरा बनाइरहेका छन् कि उनले स्वयंको सार्वजनिक जीवन के होला पत्तोसमेत पाइनन् ? अनि परिकल्पना गरौं त, त्यो धर्मसभा र यो राज्यको नेतृत्व नपाएको लडाइँमा रचिएको महिलाका सार्वजनिक जीवन खत्तम गर्ने खेलबीच के फरक छ ?
आजको युगमा नाङ्गो हुन कपडा फुकाल्नुपर्दैन । हामी सार्वजनिक जीवन र आमसञ्चार, सामाजिक सञ्जालहरुबाटै विश्वभर सानो अभिव्यक्तिले शून्यमा झर्छौं । महाभारतकालीन त्यो समयमा द्रौपदी जुवामा हारिएपछि शक्तिशाली पाण्डवहरुकी रानीबाट कौरवहरुकी नोकर्नीमा परिणत भइन् । त्यसैगरी आजको प्रविधिको युगमा पेशागत तहको उच्च स्थानमा रहेका पुरुषहरु आफ्नो प्रतिष्ठाको लडाइँमा महिलालाई साध्यका रुपमा प्रयोग गर्दै आएका छन् ।
त्यसैले यो होस् वा त्यो समय परिवार र समाजको संरचनाको सुरुवातपछि व्यवहारबाटै यिनीहरु महिलालाई भोग्या ठान्दछन् र इच्छाबमोजिम उनीहरुको चीरहरण गरेर व्यक्तिगत लाभ लिन उद्यत हुन्छन् ।
मन्त्रीको श्रीमतीलाई मन्त्राणी, हाकिमको श्रीमतीलाई हामिम्नी भनेजस्तै बोलिचालिको भाषामा भनेको हो । मुख्य कुरा त आफ्ना चरित्रहिन श्रीमानको बारेमा थाहा पाईराख्नुहोस पो भनेको त । मुख्य कुरालाई तोरमरोड गर्न किन यत्रो स्टण्टवाजी नि प्रतिमा म्याम ? १२ भाइ नामका दलाल र अनैतिकहरूको बारेमा रविजिले भनेको ठिक कुरालाई समातेर श्रीमानले गरेका अनैतिक कामकोलागि श्रीमानलाई कानूनको कठघरामा ल्याउन प्रयास गर्न छोडेर किन यत्रो पत्रिकाबाजि ? कि १२ भाइको अनैतिक कामलाई ढाकछोप गर्न कतैबाट केही मिलेको छ ? १२ भाइ रविजिले भनेकै जस्ता हुन् भनेर नेपाली जनतालाई त पहिलेदेखि नै थाहा छ । अहिले रविजिले सार्वजनिक गरिदिएका मात्र हुन् । नेपालका अधिकाँश पत्रकार भनेका दलाल, कमिशनले बाँचेका, भ्रष्टाचारी तस्करबाट पैसा खाने र विदेशीको दलाली गर्ने हुन् भनेर नेपाली जनता स्पष्ट छन् । अब कानून बनाएर नेपालका न्यायाधिश र पत्रकारलाई ठिक नपारे देश सहि बाटोमा जादैन ।
समस्या यही त छ, हामी कुराहरूलाइ टुक्र्याएर बुझ्छौँ र त्यही बुझाइको भरमा आफ्नो बौद्धिकता समाजसामु प्रकट गर्छौँ। तर हामीसँग कुनै विचार पद्दती छैन।