‘आकर्षक तलब दिने भन्दै थाइल्यान्ड र म्यानमारमा नेपालीलाई बन्दी बनाइ अनलाइन ठगीमा लगाइयो’
सचेत रहन म्यानमारस्थित नेपाली दूतावासको आग्रह
काठमाडौं । म्यानमारस्थित नेपाली राजदूतावास आईटी कम्पनीमा आकर्षक तलब दिने नाममा नेपालीलाई थाइल्यान्ड र म्यानमारमा पुर्याएर बन्धक बनाउँदै अनलाइन ठगीमा लगाउने गिरोह सक्रिय रहेको जनाएको छ ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै दूतावासले यूएई र नेपालमा रहेका नेपालीहरुलाई त्यसरी लोभ्याउने गरिएको उल्लेख गरेको छ ।
उनीहरुलाई अनलाइन जुवा, कल सेन्टर-क्रिप्टो करेन्सीजस्ता क्षेत्रमा काम गर्ने आईटी कम्पनीले नियन्त्रणमा लिएर पासपोर्टसमेत आफूले राख्ने गरेको र दैनिक १२/१३ घण्टासम्म काम लगाउने गरेको विज्ञप्तिमा उल्लेख छ । दुतावासले उद्दारका लागि दैनिक धेरैले सम्पर्क गरिरहेको भन्दै यस्तो कार्यबाट जोगिन दूतावासले सचेत पनि गराएको छ ।