‘टिका पुन सांगीतिक साँझ’मा आफ्नै क्षेत्रका कलाकारले सहयोग नगरेको गायिकाको गुनासो
काठमाडौं । ‘टिका पुन सांगीतिक साँझ’ गायिका पुनले आफ्नै क्षेत्रका कलाकारले सहयोग नगरेको गुनासो गरेकी छन् । बुधबार टिका पुन सांगीति साँझ सफलता पूवर्क सम्पन्न गराउन सहयोग गर्नेलाई सम्मान गर्न आयोजित कार्यक्रममा उनले कतिपय व्यक्तिले आफुलाई बाचा गरेर पनि धोका दिएको स्मरण गरिन् ।
उनले भनिन्, ‘कतिपय व्यक्तिले मलाई चित्त पनि दुखाउनुभयो । मलाई सुर्खेत भेरी तिरका ब्यक्तिले सहयोग गर्नु भएन । सुर्खेतले आफ्नो चेलीलाई हेला गर्यो । तर पनि दर्शकको मायाले हल भरिएर खचाखच भयो । कतिपय ब्यक्ति त हलमा नअटाएर फर्किन परो भन्दै गुनासोसमेत गर्नुभयो । मनमा धेरै गुनासो छन् तर यहाँ भनेर सम्भब छैन ।’
तर, जे जस्ता गुनासाका विचमा पनि सांगीतिक साँझ भब्य रुपमा सफल भएको खुसी व्यक्त गर्दै सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गरेकी छन् । ‘विभिन्न चुनौतीका बाबजुत पनि टिका पुन सांगीतिक साँझलाई भब्य रुपमा सफल पार्न सहयोग गर्ने, प्रयोजक, सहयोगीदाता र पत्रकारप्रती धन्यवाद तथा आभार व्यक्त गर्न चाहान्छु ।’ उनले आफूलाई गरेको सहयोग कहिल्यै नबिर्सिने प्रतिबद्धतासमेत जनाएकी छन् ।
कार्यक्रमको मिती घोषणा भएदेखी कार्यक्रमको अन्तिम दिनसम्म भोक निन्द्रासमेत सहेर खटिएको भन्दै उहाँ धन्यवाद ज्ञापन कार्यक्रममा भाबुकसमेत भईन ।
आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा राखेको पनि गायीका पुनको भनाइ छ । दर्पण संगीतालयले आयोजनामा धन्यवाद ज्ञापन तथा सम्मान पत्र वितरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा ‘टिका पुन सांगीतिक साँझ’लाई भब्य रुपमा सफल पार्न आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गर्ने ब्यक्ति र बिभिन्न मिडियाकर्मीलाई बरिष्ठ गायक प्रेमराजा महत, बरिष्ठ गायक एबं चलचित्र निर्देशक नारायण रायमाझी, दर्पण संगीतालयका अध्यक्ष उदिराम खड्का र टिका पुनले संयुक्त रुपमा प्रमाणपत्र र दोसल्लासहित सम्मान गरिएको थियो ।