सिरियामा सालनालसहित उद्धार गरिएको शिशुलाई धर्मपुत्री बनाउन हजारौं प्रस्ताव
नेपाल प्रेस
२०७९ माघ २७ गते १२:४६
काठमाडौं । सोमबार टर्की र सिरियामा आएको भूकम्पमा पुरिएकी मृत आमासँग सालनालसँगै उद्धार गरिएकी शिशुलाई धर्मपुत्री बनाउन हजारौं प्रस्ताव आएका छन् ।
बिबिसीका अनुसार उद्धार गरिएकी बालिकाकाे नाम आया राखिएको छ। आयाको अरबी भाषाको अर्थ चमत्कार हुन्छ ।
पुरिएको घरबाट उद्धार गरिएकी आयाको आमा र अरु परिवारका सदस्यहरुको भने ज्यान गएको छ । सिरियाको बिद्रोहीले कब्जा गरेको सहर जिन्देरिसमा यो घटना भएको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर