मजदुर कुटिएकाे विराेधमा काठमाडौंमा यातायात बन्दकाे घाेषणा
काठमाडौं । मजदुर कुटिएको विरोधमा यातायात व्यवसायी आन्दोलित भएका छन् ।
नयाँ बसपार्क सञ्चालनको ठेक्का लिएको लोत्से कम्पनीका प्रबन्ध सुनिल कुँवरलगायतकाले मजदुरमाथि हातपात गरेकाले विरोधमा उत्रिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले जानकारी दिए ।
‘सरकारलाई दिएको १५ दिने अल्टिमेटम र आन्दोलनको रणनीति तय गर्न बैठक बसिरहेको बेला कुँवरलगायतका केही व्यक्ति गुण्डागर्दी शैलीमा आएर हाम्रा साथीमाथि कुटपिट भएको छ’, राईले भने, संलग्नलाई कारबाही हुनुपर्छ । उहाँले माफी माग्नुपर्छ ।’
अहिले यातायात मजदुरहरूले गोंगबु, चक्रपथलगायतका क्षेत्रमा चक्काजाम गरेका छन् । यात्रुसहितका सार्वजनिक सवारी सडकमा तेर्स्याइएको छ । मजदुर संगठनको आन्दोलनमा यातायात व्यवसायीले पनि साथ दिएका छन् ।
पेशा र व्यवसाय गर्ने पनि नेपालमा अराजक हुँदै गएका छन् । यिनलाई चुटाई पुगेन त भन्न भएन होला किनकी त्यो् कानून बमोजिम भएन तर कानून बमोजिम सख्त कारवाही चाहिँ आवश्यक देखियो । डाक्टर जाँड खाएर सडकमा आउँछ । प्रहरीले कारवाही गर्न खोज्दा राष्ट्रपतिको सवारीलाई दोष लगाउँछ । कार्यस्थलमा भएको घटना जस्तो गरी चिकित्सक संघ वन्दको घोषणा गर्छ । अब यातायात मजदुरले कहाँ गुण्डागर्दी गर्यो उपत्यका बन्द भन्छ । अति भो ।