नेपालले राहत दिएपछि टर्कीका राजदूतले भने, ‘नेपाली साथीहरूलाई धेरै धेरै धन्यवाद’
नेपाल प्रेस
२०७९ फागुन २ गते ६:५१
काठमाडौं । नेपाल सरकारले टर्कीको भूकम्पलाई सहयोग गरेपछि टर्कीका राजदूतले नेपाली भाषा प्रयोग गरेर धन्यवाद भनेका छन् ।
दिल्लीमा रहेर भारत र नेपाल हेर्ने राजदूत फिरात सुनेलले नेपालले दिएको २२ टन बढीको राहत सामाग्री प्रति आभार व्यक्त गरेका छन् ।
सुनेलले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘सम्पूर्ण नेपाली साथीहरूलाई धेरै धेरै धन्यवाद । थ्यान्क यू नेपाल ।’
हिजो अपराह्न नेपालले दिएको २२ टन बढीको राहत सामाग्री टर्कीस एयरलाइन्सबाट पठाइएको थियो।
प्रतिक्रिया
सम्बन्धित खवर