सत्ता गठबन्धन भत्किने सम्भावना छैन : खनाल – Nepal Press

सत्ता गठबन्धन भत्किने सम्भावना छैन : खनाल

धनगढी । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले अहिलेको सत्ता गठबन्धन भत्किने सम्भावना नरहेको टिप्पणी गरेका छन् । प्रेस संगठन कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले गठबन्धन भत्किएर नयाँ बन्ने सम्भावना नरहेको बताएका हुन् ।

राष्ट्रपतिको निर्वाचनको हकमा भने सबै राजनीतिक दलले सुझबुझपूर्ण तरिकाले निर्णय लिनुपर्ने उनको भनाइ छ ।

‘राष्ट्रपतिको निर्वाचन भनेको महत्त्वपूर्ण एजेन्डा हो । यसमा सबै राजनीतिक दलले सुझबुझ र बडो दूरदर्शिताका साथ संविधानको मर्म, हामीले स्थापित गरेको लोकतान्त्रिक मूल्य, मान्यताका साथ राम्रो व्यक्तित्वलाई पदमा पुगाउनुपर्छ’, खनालले भने, ‘त्यसका लागि सबै पार्टीहरू समन्वयका साथ अघि बढ्नुपर्छ ।’

उनले राजनीतिक दलहरूबीच हुने सहमतिका आधारमा आवश्यक परेमा आफ्नो पार्टीले पनि राष्ट्रपतिमा उम्मेदवार उठाउने उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर