संसदीय अभिलेख व्यवस्थापन व्यवस्थित बनाउन सभामुख घिमिरेको निर्देशन – Nepal Press

संसदीय अभिलेख व्यवस्थापन व्यवस्थित बनाउन सभामुख घिमिरेको निर्देशन

काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय संसदको अभिलेख व्यवस्थापनलाई व्यवस्थित बनाउन निर्देशन दिएका छन् ।

मंगलबार संघीय संसदको पुस्तकालय निरीक्षण गर्दै उनले संसदीय अभिलेख र संग्रहालयलाई व्यवस्थित बनाउन निर्देशन दिएका हुन् । उनले पुस्तकालयलाई सरल र व्यस्थित बनाउँदै अटोमेशनबाट सञ्चालन गर्ने कार्ययोजना बनाउनसमेत निर्देशन दिए ।

सभामुख घिमिरेले संविधान निर्माणका क्रममा भएका गतिविधि र दस्तावेजलाई डिजिटल प्रविधियुक्त बनाइ अध्ययन अनुसन्धानमा सहजता अपनाइदिन पुस्तकालय शाखालाई निर्देशन दिए । उनले संसद् संग्रहालयको समेत निरीक्षण गरे ।

सभामुख घिमिरेसँगै संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतम, सचिवालय सचिवहरु सुदर्शन खड्का, डा. रोजनाथ पाण्डे लगायत पुस्तकालयको निरीक्षणमा सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *