करिब २४ केजी चरेससहित त्रिभुवन विमानस्थलबाट ३ महिलासहित चार थाई नागरिक पक्राउ – Nepal Press

करिब २४ केजी चरेससहित त्रिभुवन विमानस्थलबाट ३ महिलासहित चार थाई नागरिक पक्राउ

काठमाडौं । स्वदेश फर्कन लागेका चारजना थाई नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब २४ केजी चरेससहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तीन महिला र एकजना पुरुष छन् । माघ २८ गते थाई लाइन एयरलाइन्सबाट फर्कन लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट उनीहरू पक्राउ परेका थिए ।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार उनीहरूको साथबाट २३ केजी ८ सय ग्राम चरेस बरामद भएको छ ।

त्यस्तै, ब्यूरोले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नियन्त्रित लागू औषध २० हजार ३ सय एम्पुल र १२ हजार ९५० नाइट्राभेट ट्याव्लेट सहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

काठमाडौं महानगर १६ स्थीत दलाछी टोलमा रहेको सोलुखुम्वु घर भएका लाक्पा शेर्पाको डेराबाट उक्त नियन्त्रित लागू औषध र रु ४ लाख १७ हजार नगद बरामद गरिएको व्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक विकास राज खनालले जानकारी दिए । शेर्पालाई पक्राउ गरी थप अनुसन्धान गर्दा भारत घर भएका फैज अहमद, धनुषाका अयान रेजा, जाकिर नदाफ, काभ्रेका दिपक तामाङ र नुवाकोटका लक्ष्मण बखतीलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *