बयानका लागि अरुण चौधरीलाई अदालत पुर्‍याइयो – Nepal Press

बयानका लागि अरुण चौधरीलाई अदालत पुर्‍याइयो

कैलाली । निलम्बित प्रतिनिधिसभा सदस्य अरुण चौधरीलाई बयानका लागि जिल्ला अदालत कैलाली पुर्‍याइएको छ । १९ माघमा बाँकेबाट पक्राउ परेका थिए ।

कैलाली २ बाट निर्वाचित चौधरीलाई रिहाइको माग गर्दै २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको थियो ।

२९ गते देश बहादुर सार्कीको इजलासमा परेको बन्दी प्रत्यक्षीकरण रिटमा आज अरुण चौधरीलाई बयानका लागि जिल्ला अदालत उपस्थित हुन आदेश जारी गरिएको थियो ।

उच्च अदालत दिपायलमा सुनुवाइ भइरहेको उक्त मुद्दामा चौधरीले कैलाली अदालतबाटै भिडियो प्रविधि मार्फत बयान दिने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *