बालाजु घटनाबारे कांग्रेसले भन्यो- आन्दोलनको नाममा कसले लुटपाट मच्चायो छानबिन होस् (भिडिओ) – Nepal Press

बालाजु घटनाबारे कांग्रेसले भन्यो- आन्दोलनको नाममा कसले लुटपाट मच्चायो छानबिन होस् (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बालाजुमा क्षेत्रमा भएको घटनाप्रति सरकारको ध्यानकर्षण गराएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै दिनदहाडै आन्दोलनको नाममा लुटपाट हुँदा समेत सरकारले केही गर्न नसकेको बताए ।

उनले न्यायोचितरूपमा यातायात मजदुरको माग सम्बोधन गर्न सरकारसँग माग गरे ।

उनले भने, ‘मजदुरको नाममा त्यहाँ को प्रवेश गरेका छन् ? कसले प्रोत्साहित गरेका छन् ? त्यहाँको घटना पूरै भिडिओमा आएको छ । कुनै कारबाही अगाडि बढ्दैन । त्यसले हामीलाई गम्भीर बनाएको छ । काठमाडौंको मुटुमा सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिन सक्दैन भने दूरदराजमा बस्ने नागरिको हालत के होला ? दोषीलाई तत्कालै कारबाही गर्न माग गर्छु ।’

मजदुरको नाममा गैर मजदुर प्रवेश गरेको हो वा होइन यथार्थ छानबिन गर्न उनले माग गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर