उपचाररत नेवि संघका नेता देउवालाई तरुण दलका अध्यक्ष गुरुङले गरे आर्थिक सहयोग
नेपाल प्रेस
२०७९ फागुन ३ गते १५:२६
काठमाडौं । लामो समयदेखि उपचाररत नेपाल विद्यार्थी संघ (नेवि संघ)का नेता हरिश देउवालाई नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले आर्थिक सहयोग गरेका छन् ।
ग्यास्ट्रिक बिग्रिएर उपचार गराइरहेका त्रिवि नेविसंघका नेता देउवालाई अध्यक्ष गुरुङले आज त्रिवि शिक्षण अस्पतालमै पुगेर भेट गरी २० हजार रुपैयाँ प्रदान गरेका हुन् ।
देउवाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अध्यक्ष गुरुङले उपचारको क्रममा कुनै पनि समस्या आए जानकारी गराउन पनि आग्रह गरेका छन् । उनले आफ्नो व्यक्तिगत तर्फबाट सहयोगका लागि सक्ने पहल गर्ने पनि आश्वासन दिए ।
प्रतिक्रिया
सम्बन्धित खवर