क्यानडाको हिन्दु मन्दिरमा मोदीलाई ‘आतंककारी घोषणा गर’ लेखिएपछि भारत क्रुद्ध
काठमाडौं । क्यानडाको ओन्टारियो राज्यमा रहेको हिन्दु मन्दिरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विरोधी नारा लेखिएपछि भारतीय कुटनीतिज्ञहरु क्रुद्ध भएका छन् । ओन्टारियोको राम मन्दिरमा मोदीलाई आतंकारी घोषणा गरदेखि हिन्दुस्तान मुर्दावादको नारा लेखिएको थियो ।
पछिल्लो समयमा बीबीसी डकुमेन्ट्री बनेपछि यस्तो लेख व्यापक भएको रुसी मिडिया आरटीले उल्लेख गरेको छ । आरटीका अनुसार गत नोभेम्बरमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले भारतको सार्वभौमसत्ताको क्यानडाले सम्मान गर्ने प्रतिबद्धता दिएको बताएका थिए ।
हिन्दु मन्दिरमा मोदी र भारत विरोधी नारा पोत्नुका अतिरिक्त क्यानडाका सिख समुदायले पञ्जाव प्रान्त स्वतन्त्र देश हुनुपर्ने बारेमा जनमत संग्रहसमेत गरेका थिए । यो मुद्धामा पनि भारत क्यानडासँग बिच्किएको छ ।
क्यानडामा भएका यस्ता गतिविधिमा सरकारले कडा चलन चाल्नुपर्ने भारतीय मुलका सांसद चन्द्र आर्यले सदनमै कुरा उठाएका थिए ।