कांग्रेस सांसद भण्डारीको पहिलो शल्यक्रिया सकियो, दोस्रोको तयारी (भिडिओ) – Nepal Press

कांग्रेस सांसद भण्डारीको पहिलो शल्यक्रिया सकियो, दोस्रोको तयारी (भिडिओ)

रुपन्देही । भारतको मुम्बईस्थित नेशनल बर्न्स सेन्टरमा उपचाररत कांग्रेस सांसद चन्द्र भण्डारीको पहिलो शल्यक्रिया सकिएको छ । हाल भण्डारीको स्वास्थ्य अवस्था स्थिर रहेको र आईसीयूमा राखेर उपचार भइरहेको उनीसँगै गएका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिएका छन् ।

उपचारमा संलग्न डा. मुकेश मिश्राले बिहान साढे ९ बजे गरेको काउन्सिलिङ अनुसार भण्डारीलाई साढे १० बजे पहिलो शल्यक्रियाका लागि अपरेसन थिएटरमा लगिएको थियो । उमेरका कारण उक्त शल्यक्रियाको जोखिम ४८ घण्टासम्म रहने बताउँदै मिश्राले अहिले शारीरिक पारामिटर सबै सामान्य रहेका जानकारी दिएको कँडेलले बताए ।

पहिलो शल्यक्रिया सकेर दिउँसोदेखि भण्डारीको दोस्रो शल्यक्रियाको तयारी भइरहेको छ ।

उनको हृदयको चाल पनि सामान्य रहेको र एन्टिबायोटिक्स निरन्तर दिइरहेको डाक्टरलाई उद्धृत गर्दै कँडेलले बताएका छन् ।

बुधबार राति बुद्धनगरस्थित घरमा खाना पकाउने सिलिन्डरबाट ग्यास लिक भई आगलागी हुँदा भण्डारीका आमाछोरा जलेर घाइते भएका थिए । ८९ वर्षीया आमा हरिकलाको बिहीबार बिहान कीर्तिपुरस्थित बर्नर सेन्टरमा उपचारको क्रममा निधन भएको थियो ।

सांसद भण्डारीलाई बिहीबार दिउँसो थप उपचारका लागि श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको हो ।

भण्डारीको अनुहार, दुवै हात र दुवै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलेको छ । धुवाँ स्वासनलीमा गएकाले त्यसको असरका कारण स्वास्थ्य थप जटिल बनेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर