७०० सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?
नेपाल प्रेस
२०७९ फागुन ७ गते ११:३९
काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मुल्य ७०० रुपैयाँले बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मुल्य ७०० रुपैयाँले बढे्रर प्रतितोला १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
शुक्रबार यसको मुल्य घटेर १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजावी सुन प्रतितोला १ लाख २ हजार ७०० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।
त्यसैगरी चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २९० रुपैयाँ कयम भएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर