युक्रेन युद्धमा रुस हारेको हेर्न चाहन्छु, ध्वस्त भएको होइनः फ्रान्सेली राष्ट्रपति
काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले आफूले युक्रेन युद्धमा रुसले हारेको हेर्न चाहेको बताएका छन् । फ्रान्सको साप्ताहिक अखबार ले जर्नल दु दिमान्चेलाई शनिबार एक अन्तर्वार्ता दिँदै म्याक्रोंले यस्तो बताएका हुन् ।
तर, आफूले रुस ध्वस्त भएको हेर्न भने नचाहेको म्याक्रोंले बताएका छन् । रुसलाई उसकै भूमिमा युद्ध गरेर हराउने पक्षमा अरुहरु जस्तो आफू कहिल्यै नहुने र त्यो फ्रान्सको कुनै लाइन नभएको म्याक्रोंले बताएका छन् । म्याक्रोंको यो भनाइ रुसी सरकारी विश्व च्यानल आरटीले प्राथामिकताका साथ प्रकाशन गरेको छ ।
शुक्रबार जर्मनीमा भएको म्युनिख सेक्युरिटी कन्फरेन्समा समेत म्याक्रोंले रुसबारेमा अरु हार्डलाइनर नेताहरुभन्दा भिन्न बोलेका थिए । उनले भनेका थिए, ‘धेरैले रुसको सत्ता परिवर्तनको कुरा गरेको सुन्छु । मेरो प्रश्न- कसको लागि ? को अर्को ?’