लुम्बिनीमा जसपा दलका नेता कृषि मन्त्री नियुक्त
रुपन्देही । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले जसपा संसदीय दलका नेता भण्डारीलाल अहिरलाई कृषि तथा भूमि सुधार मन्त्रीमा नियुक्त गरेका छन् ।
जसपालाई मनाउन सरकारको नेतृत्व गरेको नेकपा एमालेले एक साताअघि मन्त्री बनेका कृषिमन्त्री तुल्सीराम शर्मालाई मुख्यमन्त्री कार्यालयमा लगेर जसपाका अहिरलाई मन्त्री बनाइएको हो ।
मुख्यमन्त्री लीला गिरीले जसपालाई सरकारमा सहभागी गराउने गरी मन्त्री हेरफेर गर्ने निर्णयसँगै प्रदेश प्रमुख शेरचनले अहिरलाई नियुक्त गरेका हुन् ।
सोमबार बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा उनको शपथको तयारी भएको छ ।
यसैगरी एकसाताअघि कृषि मन्त्री बनाइएका एमालेका लुलसीराम शर्मालाई मुख्यमन्त्री कार्यालयमा राखिने भएको छ ।