विश्वप्रकाश शर्माकाे टिप्पणी : एमालेले जनतालाई लोभमा पारेर भोट असुल्छ
सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेले जनतालाई लोभमा पारेर मत असुल गर्ने गरेको बताएका छन् । उनले सामाजिक सुरक्षा भत्तालाई मुख्य हतियार बनाएर एमालेले जनतासँग मत असुल गर्ने गरेको बताएका हुन् ।
सोमबार पश्चिम सुर्खेतको पञ्चपुरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘भत्ता दिन एमालेले सुरुवात गरे पनि त्यसलाई एक सयबाट तीन सय कांग्रेसले बनाएको हो ।’
कांग्रेसले जस्ता काम गरे पनि जनतालाई बुझाउन नसकेको टिप्पणी गरे । शर्माले भने, ‘एक पटकको भत्ताले जिन्दगीभर सत्ता चल्दैन एमालेलाई व्यङ्गे गरेका छन् । कांग्रेसले तिन सयदेखि २ हजारसम्म भत्ता बढाएको हो’, उनले भने ।
आफूले गरेको कामको भाग खोज्न आग्रह गरेका छन् । शर्माले अब काँग्रेस नयाँ ढङ्गले अघि बढ्नुपर्ने बताए । उनले काँग्रेसले बहुमत ल्याउने गरी लाग्नुपर्ने जनाएका छन् । काँग्रेस देशकै ठुलो पार्टी भए पनि आफ्नै कमजोरीका कारण सत्तामा जान नसकेको जिकिर गरे । उनले भने, ‘अब काँग्रेस समयमा सुधारिनु र बदलिनु पर्ने समय आएको छ ।’
तिमी गफाडीका चिल्ला गफ र लाेभपूर्ण आश्वासन त एमालेका भन्दा १०० गुणा छन् त विश्वजी ।
काँग्रेसले लुटन बाहेक जानेको केही छैन ।
देशको अधिकांश समयमा पार्टी सरकार गएका नै छन्, खै त जनताको प्रिय पार्टी बन्न सकेको ? यस्ता चिल्ला कुरा गरेर जनता फस्न चाहन्न, बुझ्नुभो ?