सन्दीपले लिए स्कटल्यान्डको पहिलो विकेट – Nepal Press

सन्दीपले लिए स्कटल्यान्डको पहिलो विकेट

काठमाडौं । स्कटल्यान्डविरुद्धको म्याचमा स्पिनर सन्दीप लामिछानेले नेपाललाई ब्रेकथ्रु दिलाएका छन् । आक्रामक सुरुवात गरेको स्कटल्यान्डको पहिलो विकेट लिँदै उनले आफ्नो विकेट खाता खोलेका हुन् ।

आफ्नो पहिलो ओभरको पाचौं बलमा सन्दीपले स्कटल्यान्डका विष्फोटक ब्याट्सम्यान किल कोयट्जरलाई एलबीडब्लुको धरापमा पारे । आउट हुनुअघि उनले २३ बलमा चार चौकाको मद्दतले २२ रन बनाएका छन् ।

उनले सन्दीपलाई दुई वटा चौका प्रहार गरेपछि विकेट गुमाए । यो समाचार लेख्दा स्कटल्यान्ड आठ ओभरमा १ विकेट गुमाएर ४३ रन बनाउँदै खेलिरहेको छ । नेपालले टस जितेर स्कटल्यान्डलाई ब्याटिङको निम्तो दिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *