गायिका इन्दिरा जोशीकै शब्द, संगीत र अभिनयमा ‘ॐ नम: शिवाय’ – Nepal Press

गायिका इन्दिरा जोशीकै शब्द, संगीत र अभिनयमा ‘ॐ नम: शिवाय’

काठमाडौं । चर्चित गायिका इन्दिरा जोशीको ॐ नम: शिवाय बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । गायिका इन्दिराकै शब्द तथा संगीत रहेको ॐ नव: शिवायको एरेन्ज सक्षम श्रेष्ठले गरेका हुन् ।

युवा पुस्तालाई लक्षित गरेर बनाइएको गीतको शैली नयाँ छ । जुन अन्तर्राष्ट्रियस्तरमा पनि प्रचलित भएको इन्दिरा बताउँछिन् । पशुपतिनाथ मन्दिर परिसरमा छायांकन गरिएको सार्वजनिक भिडिओमा इन्दिरा अहिलेसम्मकै भिन्न अवतारमा ‘जय शम्भो भोले जय जय’ भन्दै देखापरेकी छिन् । जसको भिडिओमा पनि नयाँ प्रयोग गरिएको छ ।

३ मिनेट लामो भिडिओमा इन्दिराले भगवान शिवको महिमाको वर्णन गरेकी छिन् । इन्दिरा आफू कलाकारितामा लाग्नु अघिदेखि नै शिवको भक्त रहेको बताउँछिन् । गौरव विष्ट र झोलेको छायांकन, गौरव विष्टकै सम्पादन तथा मिन रावलको कलरिङ रहेको भिडिओको निर्देशन सक्षम श्रेष्ठले गरेका हुन् ।

भिडिओ इन्दिरा जोशी अफिसियलबाट बजारमा आएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *