कांग्रेसको सन्देश- विकासको साझा मार्गचित्र कोरौं, सरकारलाई साथ दिन तयार छौं (भिडिओ) – Nepal Press

कांग्रेसको सन्देश- विकासको साझा मार्गचित्र कोरौं, सरकारलाई साथ दिन तयार छौं (भिडिओ)

कम्युनिष्टले चार वर्षमा गर्न नसकेको काम देउवा सरकारले एक वर्षमै गरेको दाबी

काठमाडौं । नेपाली कांग्रेसले देश निर्माणको विषयमा सरकारलाई साथ दिने तयार भएको बताएको छ ।

वुधबार प्रतिनिधि सभाको बैठकका बोल्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले विकास, राष्ट्रिय अखण्डाताको पक्षमा सरकारलाई साथ दिन तयार भएको बताए ।

उनले भने, ‘विकासको एउटा मार्गचित्र कोरौं, देशको राष्ट्रिय स्वार्थलाई सुनिश्चित गर्न एउटा निश्चित दृष्टिकोण सार्वजनिक गरौं । हामी विपक्षी दल भएपनि हामी मिलेर काम गर्न तयार छौं ।

०७४ सालपछि लामो समय शासन गर्न भनेर आएको कम्युनिष्टहरुले कामभन्दा कुरा धेरै गरेको टिप्पणी गरे । कम्युनिष्टहरुले चार वर्षमा गर्न नसकेको काम शेरबहादुर देउवा नेतृत्वको सरकारले एक वर्षमै गरेको जिकिर गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर