विष्णु पौडेल भन्छन्- पुस १० को सहमतिअनुसार एमालेकै उम्मेदवार राष्ट्रपति (भिडिओ)
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकार गठन भएका बेला भएको सहमतिअनुसार राष्ट्रपतिमा एमालेका उम्मेदवारले विजयी हासिल गर्ने दाबी गरेका छन् ।
वुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले सरकार गठन गर्दा गठबन्धन दलहरुबीच भएको सहमतिअनुसार नै एमालेका तर्फबाट अघि सारिएको उम्मेदवारको जीत हुने दाबी गरेका हुन् ।
सरकार गठनको पृष्ठभूमिमा भएको सहमति सवै दलले इमान्दारीका साथ पालना गर्ने उनको विश्वास छ । उनले एमालेबाट को उम्मेदवार हुने भन्दा पनि सहमति अनुसारको नजिता आउने बताए । पौडेलले पार्टीहरु तथा नेताहरुको सम्बन्धका विषयमा तहमाथि हुनसक्ने भन्दै मुलुकको आवश्यकता अनुसार एकतावद्ध पनि हुने उल्लेख गरे ।
त्यस्तै, उपप्रधान एवं अर्थमन्त्री समेत रहनुभएका पौडेलले अहिले लघुवितका क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकारले काम सुरु गरिसकेको जानकारी दिए ।