उपेन्द्रको दाबी- जसपालाई उपराष्ट्रपति दिन माओवादी सकारात्मक छ (भिडिओ)
नेपाल प्रेस
२०७९ फागुन ११ गते १७:२४
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरूलाई उपराष्ट्रपति दिन नेकपा माओवादी केन्द्र सकारात्मक रहेको दाबी गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित माओवादीका शीर्ष नेताहरूसँगको भेटपछि उनले भने, ‘छलफल सरकारात्मक छ । हामीलाई उपराष्ट्रपति दिन माओवादी सकारात्मक भएको पाएको छौं ।सरकारलाई गतिशील बनाउको लागि हामी तयार छौं ।’
सरकारमा रहेका दलहरूले लाइन क्लियर नगरेसम्म को कता भन्ने कुराको थाहा नहुने बताए ।
राष्ट्रपतिमा कांग्रेस, नेकपा एस र एमालेको दाबी रहेको भन्दै उनले अहिले कांग्रेसलाई पनि समेटेर जानुपर्छ भन्ने पक्षमा प्रचण्ड रहेको बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर