बेलायतको रुसी दूतावास अगाडिको सडकमा युक्रेनी झण्डा पेन्ट गर्दै बिरोध
नेपाल प्रेस
२०७९ फागुन १२ गते ९:२३
काठमाडौं। रुस-युक्रेन युद्धको वर्ष दिन पुगेको अवसरमा बेलायतको रुसी दूतावास अगाडि प्रदर्शनकारीहरुले युक्रेनको झण्डा पेन्ट गरेको छन् ।
रुसी दूतावास रहेको बेलायतको केन्सिङटनको सडकमा पहेँलो र निलो पेन्ट गर्दै बिरोध प्रदर्शन भएको हो। ‘लेड बाइ डन्की’नामक समूहले गरेको प्रदर्शनमा सहभागी चार जनालाई बेलायती प्रहरीले पक्राउ गरेको बिबिसीले उल्लेख गरेको छ।
रुसी हमलाको विपक्ष र युक्रेनको ‘आत्मनिर्णयको लागि’ दूतावास अगाडि देखिने गरि युक्रेनी झण्डा पेन्ट गरेको प्रदर्शनकारी समूहले सामाजिक संजालमा उल्लेख गरेको छ।
प्रतिक्रिया